तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माघ २२ र ३३ गते पोखरामा हुने भनिएको प्रेस चौतारीको अधिवेशन स्थगित

442
shares

 

काठमाडौ । नेकपा एमाले सम्वद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले कोरोना महामारीको कारण पूर्वनिर्धारित सवै अधिवेशन स्थगित गरेको जनाएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र एमालेको आन्तरिक निर्देशनका आधारमा सवै अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताए ।
अध्यक्ष बस्नेतले एक बिज्ञप्ती जारी गर्दै पोखरामा यही माघ २२ र २३ गतेका लागि तोकिएको नवौं राष्ट्रिय महाधिवेशनसहित पूर्वनिर्धारित सवै प्रदेश र जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी गराए ।
‘कोरोना महामारी बढेसँगै नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन समेत दिएको छ । पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि हाम्रो गौरवशाली संगठन अवस्थाका कारण प्रेस चौतारी नेपालको थुप्रै साथीहरु संक्रमित हुनुभएको छ । जस्को कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनको निर्णयमा पुग्न हामी बाध्य भएका छौं । कोरोना महामारी नियन्त्रण र रोकथामका सन्दर्भमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र नेकपा (एमाले) केन्द्रीय कार्यालयले मिति २०७८ माघ ३ गते जारी गरेको निर्देशनअनुसार प्रेस चौतारी नेपालको पूर्वनिर्धारित नवौं राष्ट्रिय महाधिवेशनलगायत सवै अधिवेशनहरु अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ,’ अध्यक्ष बस्नेले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तीको पूर्णपाठ

प्रेस बिज्ञप्ती
हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन २०७८ माघ २२–२३ गते गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको सवैमा बिदितै छ । गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी हामी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना संक्रमण निकै बढदै गइरहेको छ । जस्ले गर्दा महाधिवेशनको तयारीमा समेत गम्भीर असर परेको छ । कोरोना महामारी बढेसँगै नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन समेत दिएको छ ।

पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि हाम्रो गौरवशाली संगठन अवस्थाका कारण प्रेस चौतारी नेपालको थुप्रै साथीहरु संक्रमित हुनुभएको छ । जस्को कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनको निर्णयमा पुग्न हामी बाध्य भएका छौं । कोरोना महामारी नियन्त्रण र रोकथामका सन्दर्भमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र नेकपा ९एमाले० केन्द्रीय कार्यालयले मिति २०७८ माघ ३ गते जारी गरेको निर्देशनअनुसार प्रेस चौतारी नेपालको पूर्वनिर्धारित नवौं राष्ट्रिय महाधिवेशनलगायत सवै अधिवेशनहरु अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ । संगठनका सवै साथीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो पेशागत काम गर्न र सवै कमिटीहरुलाई दैनिक गतिबिधि अघि बढाउन पनि आग्रह गर्दछु ।

गणेश बस्नेत
अध्यक्ष

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports