तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीमा तीन एआइजी दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयद्वारा स्वीकृत

637
shares

 

काठमाडौ । नेपाल प्रहरीमा तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थप्ने प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको छ। प्रहरी नायब महानिरीक्षक (डिआइजी) रविन्द्र धानुकलाई बढुवामा नछुटाउने ‘‘सर्त’मा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तावमा सहमति जनाएका हुन्।
गृह मन्त्रालयले तीन जना एआइजी थप्न संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गरी केही समयअघि अर्थ मन्त्रालयमा पठाएको थियो।
धानुक बढुवामा समेटिने वातावरण तयार नभइकन अर्थमन्त्री शर्माले गृहको प्रस्ताव अघि बढाउन मानेका थिएनन्। अर्थ स्रोतका अनुसार धानुकलाई समेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएपछि शर्माले प्रस्ताव स्वीकृत गरेका हुन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports