kumari
stcnepal

संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने कांग्रेस-एमाले बीच कुनै समस्या छैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली कांग्रेसबीच कुनै समस्या नभएको प्रष्ट पारेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जे आइरहेको छ । यस्तो कुनै समस्या छैन,’ मन्त्री लेखकको भनाई छ ।

उनले दुई दलबिच नियमित र राम्रो छलफल भइरहेको भन्दै सरकारको कार्यशैलीका बारेमा उठेका प्रश्नमा कुनै टिप्पणी नभएको भन्दै आर्थिक सुचकांक र सेवा प्रवाहमा सुधार भएको दावी गरे ।

मन्त्री लेखकले राष्ट्र बैंकको गभर्नर नियुक्तीका विषयमा पनि कुनै समस्या नरहेको बताए ।मन्त्री लेखकले शिक्षकका समस्या सम्बोधनबारे सरकारले गृहकार्य गरेर संसदबाट टुंग्याइने बताए ।

footer