गत भाद्र २३ गते जेन–जीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनिया समानको भन्सार दर बढाएर २ सय ४५ प्रतिशत पुर्याए

104
shares

चीनमाथि अमेरिकाले थप १ सय प्रतिशत कर बढाएसँगै चिनियाँ सामानको भन्सार दर २ सय ४५ प्रतिशत पुगेको छ।

चीनले ११ अप्रिलमा अमेरिकी सामानको कर १ सय २५ प्रतिशत पुर्‍याएको थियो। जवाफमा ट्रम्पले कर बढाएर २ सय ४५ प्रतिशत पुर्‍याएका हुन्।चीनले अमेरिकालाई दुर्लभ खनिज पदार्थ निर्यातमा रोक लगाएको छ भने अमेरिकी कम्पनी बोइङबाट जहाज ल्याउनसमेत रोकेको छ।चीनले अमेरिकासँगको व्यापार युद्धसँग नडराउने बताउँदै आएको छ । ट्रम्प र सी चिनफिङमध्ये कसले पहिले व्यापार युद्ध रोक्न वार्ता अघि बढाउछन् भन्ने पर्ख र हेरको अवस्था छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ।यद्यपि, चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने उसले चेतावनी र ब्ल्याकमेलिङजस्ता अत्यधिक दबाबको नीति रोक्नुपर्छ र समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्छ।’

ट्रम्पले सुरुमा फेन्टानिल आपूर्ति शृङ्खलामा चीनको कथित भूमिकाको कारण चीनबाट आयात हुने सामानमा कर लगाएका थिए। हालै, वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासमाथि ती करहरू तीव्र रूपमा बृद्धि भएका छन्।ट्रम्प प्रशासनले स्मार्टफोन र ल्यापटपजस्ता केही प्राविधिक उत्पादनहरूमा पछिल्लो कर वृद्धिबाट अस्थायी छूट दिएको छ।मङ्गलबार अमेरिकी राष्ट्रपतिले भने, ‘बल चीनको कोर्टमा छ। चीनले हामीसँग सम्झौता गर्न आवश्यक छ।’ राष्ट्रपति ट्रम्पका प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको विज्ञप्तिमा यो दाबी गरिएको थियो।

यसप्रति बेइजिङको तर्फबाट लीनले बुधबार प्रतिक्रिया दिँदै भने, ‘अमेरिकाले नै यो कर युद्ध सुरु गरेको हो र चीनको अडान स्पष्ट छ कि कर युद्ध वा व्यापार युद्धमा कोही पनि विजेता हुँदैन। यसको मतलब, चीन युद्ध गर्न चाहँदैन, तर परेमा यसको सामना गर्न डराउँनेछैन।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports