सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस–एमालेलाई भिडाउने दाहालको रणनीति ?

624
shares

 

काठमाडौ । गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीचमा ७ बुँदे सहमति गरेर आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय पश्चात् अहिले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका छन् । कांग्रेस–एमालेबीचको त्यो सहमित अनुसार अब केपी ओली करिब १४ महिना प्रधानमन्त्री रहने र २०८३ साल असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । त्यसपछि २०८४ को संघीय संसदको निर्वाचनको परिणाम सम्म देउवा नै प्रधानमन्त्री रहनेछन् ।
कांग्रेस–एमालेबीचमा त्यस्तो सहमति भएपछि त्यसको पिडा दाहाललाई भएको छ । पछिल्लो समयमा दाहालले कांग्रेसलाई आफ्नो चक्रव्यूहमा फसाउने प्रयास गरिरहेका छन् । त्यही कारणले गर्दा उनले नेपाली कांग्रेसलाई समर्थन गर्ने र कांग्रेसले चाहे सरकारमा जाने नचाहे बाहिरैबाट कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने सन्देश कांग्रेसलाई पठाएका छन् ।
दाहाल कांग्रेसप्रति नरम रहेका र नेकपा एमालेप्रति गरम रहेका हुनाले उनी जस्तोसुकै हथकण्डा अपनाएर भएपनि कांग्रेस–एमालेको गठबन्धन भत्काउन लागि परेका छन् । दाहाल नेकपा एमालेका अध्यक्ष केपी अ‍ोलीप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका र जसरी भएपनि एमालेलाई सत्ताबाट बाहिर राख्ने रणनीतिक उदेश्यका साथ अघि बढेका भएपनि कांग्रेसले दाहाललाई पत्याउन सकेको देखिएको छैन ।
दाहाल बोली फेर्न माहिर रहेका र आफ्नो स्वार्थ पूरा गर्न जस्तासुकै हथकण्डा अपनाउन पनि तयार रहन्छन् भन्ने कांग्रेस नेताहरुकै भनाई रहेकोले दाहालले चाहाँदैमा अहिलेको कांग्रेस–एमालेको सत्ता गठबन्धन टुट्न सक्ने सम्भावना न्यून रहेको छ ।
दाहालले पटक पटक कांग्रेस–एमालेलाई आलोपालो प्रयोग गरिरहेका र आफूलाई राजनीति खेलाडी सम्झने दाहालको प्रवृत्ति नै उनैका लागि घाँडो सावित हुन सक्छ । मुलुकका दुई ठुला दल कांग्रेस–एमाले मध्येको एउटाले साथ नदिई उनी अहिलेकै अवस्थामा फेरी सत्तामा पुग्न सक्ने सम्भावना देखिएको छैन । त्यही भएकाले गर्दा उनी कांग्रेस–एमालेलाई भिडाएर आफ्नो स्वार्थ पूरा गर्ने रणनीतिमा भएकाले कांग्रेस–एमाले दाहालसँग सजग रहन आवश्यक छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports