kumari
stcnepal

कांग्रेसभित्र खेल्दै पुष्पकमल दाहाल

 

काठमाडौ । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीचमा भएको ७ बुँदे सहमति अनुसार २०८४ को निर्वाचन सम्म आलोपालो सरकारो नेतृत्व गर्ने सहमति दुई दल बीचमा भएको थियो । सो सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना पूरा भएको छ । सहमति अनुसार ओलीको नेतृत्वको सरकारको म्याद अब करिब १४ महिना बाँकी रहेको छ ।
कांग्रेसका नेता शेखर कोइरुाला लगायत महामन्त्रीद्वय सहितका केही नेताहरुले सरकारको विरोध गरिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेसभित्र खेलेर कांग्रेस र एमालेको संयुक्त सरकार ढाल्ने रणनीतिमा लागेको छ । पुष्पकमल दाहालको अस्थिर चरित्र र सत्ता गुम्दाको पिडा दाहालले पटक पटक पोख्दै आएका छन् ।
दाहाल जसरी भएपनि नेकपा एमालेलाई सत्ता बाहिर राख्न चाहिरहेका छन् । त्यसैले उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार भए आफ्नो पार्टीले निःसर्त कांग्रेसलाई समर्थन गर्ने र कांग्रेसले चाहे सरकारमा सहभागि हुने नचाहेको अवस्थामा सत्ता बाहिरै बसेर सरकारलाई समर्थन गर्ने बताइसकेका छन् । त्यही कारणले गर्दा कांग्रेसका केही नेताहरु ओली नेतृत्वको सरकारसँग असन्तुष्टि जनाउँदै आएका छन् । पछिल्लो समयमा शेखर कोइराला किन दाहालको भनाईमा लागेका छन् त्यो नै रहस्यको विषय बनेको छ ।
पुष्पकमल दाहालले पटक पटक २०८४ को निर्वाचनसम्म आफ्नो पार्टी सरकारमा सहभागि नहुने उद्घोष गर्दै आएका भएपनि अहिले उनको बोली फेरिएको छ । त्यसको एउटै कारण हो नेकपा एमालेलाई सत्ता बाहिर राख्ने रणनीति । कांग्रेसको एउटा पतिले पहिला देखि नै असन्तुष्टि जनाउँदै आएको छ । शेखर कोइराला पहिला संसदका दुई ठुला दलको सरकार बन्नुपर्ने बताउँदै आएका थिए ।
सरकार बन्यो तर कोइरालाको बोली फेरियो, सरकारप्रति असन्तुष्टि रहँदै उनले ओली सरकारप्रति प्रहार गर्न थालेका छन् । कांग्रेसभित्रको आन्तरिक विवादलाई सरकारमाथि प्रहार गर्नु कोइरालाको अर्को भुल हुन सक्छ । आफ्नो पार्टी भित्रको कलहलाई लिएर सरकार ढाल्ने दाहालको नीतिमा कोइराला लागे त्यो कांग्रेसको लागि अर्को महाभुल हुनेछ ।

footer