नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतले फ्रान्ससँग २६ वटा राफेल लडाकु विमान खरिद गर्ने गर्यो सम्झौता

832
shares

एजेन्सी । भारतले आफ्नो जलसेनाका लागि राफेल समुद्री लडाकू विमान खरिद गर्न फ्रान्ससँग सम्झौता गरेको छ ।

भारतले ६४ हजार करोड भारु बराबरको २६ वटा लडाकु विमान खरिद गर्न आज फ्रान्ससँग सम्झौता गरेको भारतीय रक्षा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।यो खरिदलाई यस महिनाको शुरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको भारतको सुरक्षा मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो ।

भारतले आफ्नो सेनालाई आधुनिकीकरण गर्ने, रुसी उपकरणहरूमाथिको निर्भरता घटाउने र पाकिस्तान र चीनसँगको दुई विवादास्पद सीमाहरूमा तैनाथ सेनाहरूलाई आपूर्ति गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयास गरिरहेका बेला यो सम्झौता भएको खबरमा उल्लेख छ । भारतीय जलसेनाले विगत एक दशकमा हिन्द महासागरमा चीनको बढ्दो उपस्थितिको बारेमा चिन्ता व्यक्त गर्दै आएको छ । राफेल–एमलाई विश्वको सबैभन्दा उन्नत नौसेना लडाकू विमानहरूमध्ये एक मानिन्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports