विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गभर्नर बनाउन खोजिएका विश्व पौडेल विरुद्ध सर्वोच्च अदालतमा रिट

780
shares

नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाबीच अर्थशास्त्री डा. विश्व पौडेल विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेल विरुद्ध रिट दायर गरेका हुन्।रिट दायर भए पनि दर्ता हुन भने बाँकी छ।यसअघि उनीहरूले नै डा. गुणाकर भट्टलाई पनि गभर्नर बनाउन लागेको भन्दै सर्वोच्चमै रिट दायर गरेका थिए भने त्यसअघि अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक नियुक्तिसम्बन्धी मापदण्डमा भएको उमेर हद संशोधन विरुद्ध पनि रिट दायर गरेका थिए।

मंगलबार दायर रिटमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरमा भट्टको विकल्पमा अर्थशास्त्री डा. पौडेललाई ल्याउने सहमति भएको थियो। सोसँगै पौडेलले गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा दिइसकेका छन्। उनले अर्थमन्त्री एवं गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेललाई राजीनामा बुझाएका हुन्।

सोसँगै सर्वोच्चमा रिट दायर गरिएको हो। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ (क) ले राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्त हुन नसक्ने व्यवस्था गरेको भन्दै ऐनविपरीत गएर डा. पौडेललाई नियुक्त गर्न लागिएकोले नियुक्ति रोक्नुपर्ने रिट निवेदकको माग छ। डा. पौडेल २०७९ मा भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन १ को उम्मेदवार बनेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports