प्रभावशालीलई मुद्दा नचलाइने कस्तो रणनीति अख्तियारको ?
वि.सं.२०८२ जेठ १ बिहीवार ११:०४
shares

काठमाडौ । पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुबीचमा एकमत हुन नसक्दा काभ्रेको हदबन्दी भन्दा बढीको जग्गा विक्रि गर्न दिने माधव नेपाल सरकारको २०६६ को निर्णयका बारेमा अख्तियारले कुनै निर्णय गर्न सकेको छैन । अख्तियार सूत्रका अनुसार अहिले अख्तियारका पदाधिकारीहरु विभाजित रहेका छन् । प्रभावशाली व्यक्ति भएकाले माधव नेपाललाई तत्काल कुनै कारबाही गर्न नहुने भन्दै आयुक्तहरु जयबहादुर चन्द सुमित्रा अमात्य र हरि पौडेल एकातिर भएका छन् भने प्रमुख आयुक्त प्रेम राई र किशोर सिलावाल एकातिर रहेका छन् ।
सिलवालले भूमिसुधार तथा व्यवस्था मन्त्रालय हेर्ने भएकाले पतञ्जलीलाई हदबन्दी भन्दा बढीको जग्गा विक्रि गर्न दिने माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सिलवालले नै हेरिरहेका भएपनि प्रमुख आयुक्त राई र सिलवाल माधव नेपालमाथि मुद्दा चलाउनु पर्ने पक्षमा रहेका भएपनि अन्य तीन आयुक्तहरु माधव नेपाल प्रभावशाली नेता भएकाले मुद्दा नचलाउने पक्षमा रहेकाले मुद्दा चलाउन प्रमुख आयुक्त राई अल्पमतमा परेका छन् ।
सो जग्गा काण्डको विस्तृत अध्ययन भै सकेको र प्रतिवेदन समेत तयार भै सकेको भएपनि मुद्दा चलाउने विषयमा कुनै निर्णय हुन सकेको छैन । प्रमुख आयुक्त राई तत्काल मुद्दा चलाउने पक्षमा रहेका भएपनि उनलाई आयुक्तहरु चन्द, पौडेलर अमात्य एकातिर भएर प्रमुख आयुक्त राईलाई अल्पमतमा पारेका छन् ।
पतञ्जली जग्गा प्रकरण, ललिता निवास जग्गा काण्ड भन्दा ४ सय ७० गुणा ठुलो भएपनि आयुक्तहरु किन मुद्दा चलाउने पक्षमा देखिएनन् ? अब त्यसको खोजविन हुनुपर्ने अवस्था देखिएको छ । के प्रभावशाली व्यक्तिलाई कानुन लाग्दैन भने अख्तियारले भनिदिनुपर्दछ नेपाल प्रभावशाली व्यक्ति भएको र पूर्व प्रधानमन्त्री भएकाले उनलाई कानुन लाग्दैन भनेर ।
सम्वैधानिक निकायमा नियुक्त भएका व्यक्तिहरुका बारेमा सर्बोच्च अदालतमा मुद्दाको सुनुवाई भइरहेको अवस्थामा प्रभावशाली व्यक्तिहरुलाई मुद्दा चलाएर परिस्थितिलाई उत्तेजित बनाउन नहुने पक्षमा पनि आयुक्तहरुको बहुमत रहेकाले गर्दा मुद्दा चलाउन कठिन परेको देखिन्छ । यदि माधव नेपालमाथि मुद्दा नचलाइने हो भने अख्तियारको औचित्य माथि नै प्रश्न उठ्न सक्छ ।




































