आज ५ हजारले बढ्यो सुनको मूल्य
वि.सं.२०८२ जेठ ७ बुधवार ११:५१
shares

काठमाडौं । सुनको मूल्य आज एकैदिन पाँच हजार रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाल सुन प्रतितोला पाँच हजार रूपैयाँले बढेर एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।




































