नव नियुक्त गभर्नर पौडेलले प्रधान न्यायाधीश समक्ष लिए शपथ
वि.सं.२०८२ जेठ ७ बुधवार १२:०६
shares

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले शपथ लिएका छन्।
सर्वोच्च अदालतमा आयोजित समारोहमा बुधबार बिहान प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले विश्वनाथ पौडेल सहित तीन जनाको नाम सिफारिस गरेकोमा मंगलबार साँझको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो।

































