आइएसआईको एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली नागरिक पक्राउ
वि.सं.२०८२ जेठ ८ बिहीवार १५:३९
shares

काठमाडौं । भारतको दिल्ली प्रहरीले पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट भएको आरोपमा एक नेपाली नागरिकलाई पक्राउ गरेको भारतीय मिडियाले जनाएका छन् ।
समाचारमा उल्लेख गरिएअनुसार २१ जना आइएसआइ एजेण्ट पक्राउ गर्ने क्रममा नेपाली नागरिक अन्सरुल मियाँ अन्सारीलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएका छन् ।भारतीय समाचार एजेन्सी एएनआइका अनुसार उनीविरुद्ध मे महिनामै अभियोगपत्र दायर भएको थियो । उनलाई अहिले तिहाड जेलमा पठाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
अन्सारी दिल्लीको एक होटलबाट पक्राउ परेको र उनी पाकिस्तान जाने क्रममा रहेको दिल्ली प्रहरीको दाबी छ । प्रहरीका अनुसार अन्सारीले आफू कतारमा क्याब चालकको रूपमा काम गरेको र सोही सिलसिलामा आइएसआईसँग सम्पर्क भएको बयान दिएका छन् ।




































