फरक फरक खोप नलगाउन स्वास्थ्य मन्त्रालयको अपिल
वि.सं.२०७८ माघ ७ शुक्रवार १५:५७
shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन अपिल गरेको छ ।
अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउनुभयो ।
उनका अनुसार कोभिशिल्ड र अस्ट्रजेनेका खोपको बनावट एउटै हो । त्यसैले अस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन । तर कोभिशिल्ड वा अस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस नगरेको सहप्रवक्ता अधिकारीले बताए ।






























