नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण

663
shares

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जना गरी १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ७६६ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports