वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन
वि.सं.२०८२ जेठ १६ शुक्रवार १३:३८
shares

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको शुक्रबार निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक समेत रहेका चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए । चालिसेको शुक्रबार नै गोकर्णमा अन्त्येष्टि गरिने बताइएको छ । आमसञ्चार तथा पत्रकारिताको अध्यापन समेत गर्दै आएका चालिसेका आमसञ्चार र पत्रकारिता सम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।




































