प्रतिनिधिसभा बैठक जेठ २० गते देखि असार १५ गते सम्म १९ दिन बस्ने
वि.सं.२०८२ जेठ १६ शुक्रवार १५:०८
shares

काठमाडौँ । प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ ।
सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन सस्नेगरी क्यालेन्डर पारित गरेको हो ।पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ । त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ ।
































