सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभामुखलाई विपक्षी दलको जवाफ गृहमन्त्रीको राजिनामा नै बटमलाईन

546
shares

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध जारी राख्ने बताएका छन्। प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा विपक्षी दलका प्रमुख सचेतकहरूले गृहमन्त्रीको राजीनामा नआइ संसद्को अवरोध नहट्ने दोहोर्‍याएका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले अवरोध बजेट पेस गर्नका लागि मात्रै रोकिएको र आगामी बैठकमा अवरोध जारी रहने बताए।’देश, जनता र संविधानविरोधी गतिविधिलाई मध्यनजर गरेर हामीले हिजो अवरोध हटाएका हौँ। हाम्रो अडान कायमै छ। यो मानव तस्करी र भ्रष्टाचारसँग सम्बन्धित छ,’ उनलेल भने, ‘करेक्सन नगरी हामी अडानबाट ब्याक हुँदैनौं भनेका छौँ।’

त्यस्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको नाम जोडिएको घटन मानव तस्करसँग जोडिएको विषय भएकोले राजीनामा नगरी सदन चल्न नदिने बताए।‘उहाँहरूले केही भएको छैन भन्दै नियमित प्रक्रियाबाट जान खोज्दै हुनुहुन्छ। हामीले आफ्नो कुरा राखेका छौँ,’ उनले भने, ‘हिजो जिम्मेवारीबोध गरेर छाडेका हौँ। रास्वपासहित सबै विपक्षी दल आन्दोलनमा छौँ। आन्दोलनको माग सम्बोधन नभएसम्म हामी सदन अगाडि बढाउन सक्दैनौँ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports