सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्रीलाई देखाएर कांग्रेस–एमालेको गठबन्धन तोड्ने प्रयासमा दाहाल

754
shares

 

काठमाडौ । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजिनामाको माग गर्दै संघीय संसदको प्रमुख विपक्षी दल माओवादी केन्द्र सहितका अन्य विपक्षी दलहरुले संसदको नियमित काममा अवरोध पु¥याउँदै आएका छन् । विपक्षी दलहरुले गृहमन्त्री लेखकको निजी सचिवालयका कर्मचारीहरु नै पहिला पनि भ्रष्टाचारमा संलग्न भईसकेका र हाल भिजिट भिसा प्रकरणमा समेत संलग्न भएका हुनाले त्यसको जानकारी गृहमन्त्री लेखकलाई नहुने कुरै हुँदैन भन्दै लेखकको राजिनामा र उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग गर्दै आएका छन् ।
गृहमन्त्री लेखकले केही दिन पहिला पत्रकार समेलन गर्दै कर्मचारीहरुले गरेको बद्मासीको मन्त्रीले जिम्मा लिन नसक्ने अभिव्यक्ति दिएका थिए भने नेपाली कांग्रेसको पदाधिकारीको बैठकले समेत गृहन्त्रीले राजिनामा दिनु नपर्ने ठहर गरेको थियो । तर असार १७ गते कांग्रेस–एमालेबीचमा भएको ७ बुँदे सहमति अनुसार संविधान संशोधन गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सहमति भएको थियो । तर केपी ओली नेतृत्वको संयुक्त सरकार गठन भएको ११ महिना पुरा हुन लाग्दा समेत नत संविधान संशोधनको कार्य अघि बढेको छ नत भ्रष्टाचार नियन्त्रण गर्नका लागि कुनै ठोस कदम नै चालिएको छ ।
भिजिट भिसा ठगी काण्ड अहिलेमात्र भएको होइन । विभिन्न समयमा त्यस विषयमा समाचारहरु प्रकाशित र प्रसारित हुँदै आएका भएपनि त्यस विषयमा सरकारले कहिल्यै सो विषयलाई गम्भीर रुपमा नलिएको र गृहमन्त्रीहरुकै सरंक्षणमा त्यस्तो ठगी काण्ड हुने गरेका समाचारहरु प्रकाशित हँुदै आएका छन् ।
कांग्रेस–एमालेको संयुक्त सरकारले भने कर्मचारीले गरेको बद्मासीको दोष मन्त्रीलाई दिनु नहुने भन्दै दोषी देखिएका कर्मचारीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भन्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरी संसदको काम कारबाही राक्नु नहुने उद्घोष गर्दै गृहमन्त्री लेखकले राजिनामा दिनुनपर्ने अडान कायम राखेका छन् । विपक्षी दलहरुका अनुसार २०६४ सालपछि गृहमन्त्री बनेका सबै व्यक्तिहरुका विषयमा अनुसन्धान गर्न छानविन समिति बनाउनुपर्ने र गृहमन्त्री लेखकले छानविन नसकिएसम्म पदबाट बाहिर रहनुपर्ने बताउँदै आएको छ । सरकारका अनुसार तत्कालिन मुख्य सचिव बैकुण्ठ अर्याल भ्रष्टाचार काण्डमा मुछिएर मुद्दा दर्ता हुँदा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा नदिएको हुनाले गृहमन्त्री लेखकले कर्मचारीविरुद्ध अनुसन्धान हुँदा मन्त्रीले राजिनामा दिनुनपर्ने बताउँदै आएको छ ।
२०६४ पछि हालसम्म नेपाली कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँण र हाल रमेश लेखक गृहमन्त्री रहेका छन् भने नेकपा एमालेबाट भीम रावल (एमाले परित्याग गरिसकेका) र वामदेव गौतम २ पटक गृहमन्त्री बनेका भएपनि अहिले उनले एमाले त्याग गरेका छन् ।
एमालेबाट रामबहादुर थापा (बादल), खगराज अधिकारी रहेका छन् माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् । खिलराज रेग्मी मन्त्रिरिषद्को अध्यक्ष रहेका बेला पूर्व मुख्यसचिव माधव घिमिरे गृहमन्त्री बनेका थिए तर उनको गाडी दुर्घटनामा परि निधन भएको छ भने रास्वपाका सभापति रवि लामिछाने पनि दुई पटक गृहमन्त्री बनिसकेका छन् अहिले उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका छन् ।
संघीय संसदको काम कारबाहीलाई अवरोध पुग्दा महत्वपूर्ण विधेयकहरु संसदबाट पारित हुन सकेका छैनन् भने सरकारले समेत भ्रष्टाचार नियन्त्रण गर्ने विधेयक, कर्मचारीसम्बन्धी विधेयक लगायत कतिपय महत्वपूर्ण विधेयक पारित गराउन सकेका छैन । माओवादी केन्द्रले कांग्रेस–एमालेको संयुक्त सरकार ढाल्ने प्रयास पहिला देखि नै गदै आएकोमा अहिले गृहमन्त्री लेखकलाई देखाएर कांग्रेस–एमालेको गठबन्धन तोडाउने प्रयास जारी राखेको छ ।
माओवादी केन्द्रका नेताहरु समेत भ्रष्टाचारमा मुछिएका भएपनि उनीहरुलाई माओवादीले राजिनामा गराएको छैन भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेका बेला भिजिट भिसा सम्बन्धी निर्देशिका परिवर्तन गरेर नयाँ निर्देशिका जारी गरेपश्चात् भिजिट भिसामा ठगी बढेको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports