सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर आइतबार सम्मका लागि स्थगित

559
shares

प्रतिनिधिसभा बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित विपक्षीहरूले लगातार सदन अवरोध गर्दै आइरहेका छन्। उनीहरूले उच्चस्तरीय छानबिन समितिलाई बटमलाइन बनाएका छन्।यसबारे आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलका शीर्ष नेतासँग छलफल गरेका थिए।दाहालले भरपर्दो छानबिन समिति बनाउन सरकारको प्रतिबद्धता आयो भने अहिलेको समस्या समाधान हुने बताए।

‘छाबनिन मुख्य कुरा हो भरपर्दो छानबिनमा सरकारको प्रतिबद्धता आयो भने टुंग्याउन सकिन्छ भन्ने कुरा भयो,’ बैठकपछि उनले भने, ‘नेपाली कांग्रेसका सभापतिजीसँग कुरा गर्नु उचित हुन्छ भन्ने भयो। अनि आज सदन नचलाउने सूचना टाँस गर्ने समझदारी बन्यो।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports