तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफूखुसी कार्यालयवाट सम्पर्क विहिन १३ जना नेपाल प्रहरीलाई सम्पर्कमा आउन आग्रह

507
shares

काठमाडौं । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।

सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । सिंह मंसिर १९ गतेदेखि र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन्।

यसैगरी प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एस.पी., दिल दीक्षित राज के.सी. पनि सम्पर्कमा छैनन् ।

आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports