विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब ट्राफिक नियम उल्लंघन गरेबापत मेसिनको प्रयोग गरी जरिवाना तिर्न पाउने

741
shares

काठमाडौँ। उपत्यकाको ७ वटै ट्राफिक कार्यालयहरूबाट ट्राफिक नियम उल्लंघन गरेबापत मेसिनको प्रयोग गरी जरिवाना तिर्न सकिने भएको छ । हिजो आइतबार महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु- पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटेर ‘प्रभु-पेको किअस्क मेसिन’को उद्‌घाटन गरेपछि ७ वटै ट्राफिक कार्यालयबाट जरिवाना तिर्न सम्भव भएको हो ।

कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको बताए ।

उनले भने, अब ‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाइन बस्नुपर्ने झन्झट हुँदैन । यसले समयको बचत भई सेवालाई थप परिष्कृत र सहज बनाउन मद्दत गर्छ । ‘

यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भैँसकेको र आजदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports