माधव नेपाल सोमबार भित्रमा विशेष अदालतमा उपस्थित हुने
वि.सं.२०८२ असार ७ शनिवार १५:०५
shares
Madhav Kumar Nepal photo:Kiran Panday
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबारसम्म विशेष अदालतमा हाजिर हुने भएका छन्।
अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा हाजिर हुन लागेका हुन्। पतञ्जली जग्गा प्रकरणमा दुई साताअघि नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।एकीकृत समाजवादी सम्बद्ध वकिल संगठन एसपीएलएका अध्यक्ष डेकेन्द्रराज सुवेदीका अनुसार कानुनी प्रकियामा सामेल हुनका लागि अदालतबाट म्याद जारी हुनुअघि नै उनी हाजिर हुन जाने भएका छन् ।
उनी विरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित मुद्दा दायर भएको थियो । मद्दा दायर गरिए पनि अहिलेसम्म उनका नाममा म्याद पुर्जी काटिएको छैन।’सोमबारसम्ममा उहाँ हाजिर हुनेमात्र हो’, सुवेदीले भने ‘बाँकी कानुनी प्रक्रियाको तयारीमा हामी जुटिरहेका छौं ।’ नेपालका तर्फबाट उक्त मुद्दामा बहस गर्ने वकिलहरु पनि एसपीएलएले तयार पारेको सुवेदीले बताए ।
नेपाल सोमबार हाजिर भएमा त्यसपछि बयान शुरु हुन्छ । मुद्दाका कागज र अन्य प्रमाणमाथि केन्द्रित रही बहसको काम त्यसपछि हुन्छ ।


































