linktrix Long Ad
Salt Trading Long Ad

१९५ जना नेपाली विद्यार्थीलाई पाकिस्तान राजदूत छात्रवृत्ति

1.18K
shares

काठमाडौं । पाकिस्तान दूतावास, काठमाडौंले हिजो र्‍याडिसन होटलमा १३औँ वार्षिक पाकिस्तान राजदूत छात्रवृत्ति पुरस्कार समारोह आयोजना सम्पन्न गरेको छ । समारोहमा नेपाल परिवार पार्टीका अध्यक्ष तथा सांसद माननीय एकनाथ ढकाल प्रमुख अतिथिको सम्पन्न भएको हो । उनले देशभरका १०२ विद्यालयबाट छनोट गरिएका १९५ जना उत्कृष्ट नेपाली विद्यार्थीहरूलाई “पाकिस्तान राजदूत छात्रवृत्ति” प्रदान गरे । समारोहमा, विद्यालयका प्रिन्सिपलहरूले छनोट गरेका मेधावी विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । एक जना उत्कृष्ट विद्यार्थीलाई निरन्तर शैक्षिक उत्कृष्टताको कदर स्वरूप ल्यापटप पनि प्रदान गरिएको छ ।

ढकालले आफ्नो सम्बोधनमा नेपालको शिक्षा क्षेत्रमा पाकिस्तानको निरन्तर सहयोगको प्रशंसा गरे । उनले यो पहलले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई झल्काउने बताउँदै युवाहरूमा साझा दृष्टिकोणको स्मरण गराउने र अन्य क्षेत्रमा पनि द्विपक्षीय सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले आफ्नो मन्तव्यमा पाकिस्तानले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै उच्च माध्यमिक तहका विद्यार्थीहरूसहित शैक्षिक सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘आज हामी यी मेधावी विद्यार्थीहरूको सफलताको उत्सव मनाइरहेका छौँ, र यो हाम्रो साझा जिम्मेवारीको प्रतिबिम्ब हो,’ उनले भने। ‘नेपाली युवाहरूलाई अध्ययन, खेलकुद र स्वस्थ सामाजिक गतिविधिमा प्रोत्साहन गर्नु हाम्रो द्विपक्षीय सहयोगको महत्त्वपूर्ण हिस्सा हो ।’

सन् २०१३ देखि नियमित रूपमा आयोजना हुँदै आएको पाकिस्तान राजदूत छात्रवृत्ति कार्यक्रम नेपाली युवाहरूमाझ लोकप्रिय बन्दै गएको छ, जसले पाकिस्तान र नेपाल बीचको शैक्षिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports