प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु हुँदै

767
shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु हुँदैछ । बैठक दिउँसो एक बजेका लागि आह्वान भएको हो ।

आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको पहिलो एजेण्डाका रूपमा पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र पेस गर्ने राखिएको छ । यो अभियानमा कांग्रेसले केन्द्रीय नेताहरूलाई जिल्ला जिल्लामा खटाएको थियो ।

उनीहरूले जिल्ला जिल्लामा पुगेर ल्याएको पार्टीको वास्तविक अवस्था सम्बन्धी प्रतिवेदन केन्द्रीय समितिमा छलफल गरी पारित गरेर त्यही अनुसार पार्टीले आगामी दिनका लागि साङ्गठनिक रणनीति बनाउने मुख्यसचिव पौडेलले जानकारी दिए । बैठकको दोस्रो एजेण्डा भ्रातृसंस्थाको तदर्थ समितिबारे राखिएको छ । कांग्रेसका ७ भ्रातृसंस्थाको म्याद गत चैत मसान्तमा सकिएको थियो । ती भ्रातृसंस्थाको म्याद अन्तिम पटकका लागि थप्ने तयारी छ । अन्तिम पटक थपिएको समयमा पनि महाधिवेशन नभए स्वतः भङ्ग गर्ने सहमति कांग्रेसमा बनिसकेको छ ।

अब भ्रातृसंस्थामा समितिहरूलाई महाधिवेशन गर्न नदिने, पार्टीले भ्रातृसंस्थाको महाधिवेशन गर्न बनाएको निर्देशन समितिलाई महाधिवेशन गर्ने कार्यतालिका पेस गर्न भनिएको छ । त्यो कार्यतालिका अनुसार पार्टीका तल्ला तहले अधिवेशन गर्नेछन् । केन्द्रले केन्द्रीय महाधिवेशन गरिदिनेछ । तेस्रो एजेण्डा क्रियाशील सदस्यताको नवीकरणबारे राखिएको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय दिएको छ । त्यो समयसम्म नवीकरण सक्ने र नयाँ कसरी बाँड्ने भन्नेबारे पार्टीले रणनीति बनाउनेछ ।

चौथो एजेण्डा जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषयमा बैठकमा छलफल गर्ने भन्ने एजेण्डा तय गरिएको छ । पहिला जनसम्पर्क समितिमा साधारण सदस्यता मात्रै दिने गरिएकोमा अब क्रियाशील सदस्यता पनि दिने सुरुवात गर्ने विषयबारे विधान परिमार्जनको प्रस्ताव बैठकमा लगिनेछ । पाँचौँ एजेण्डाका रूपमा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन गर्नेबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ । अन्तिम एजेण्डाका रूपमा समसामयिक राजनीति राखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports