सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिमालयन बैंकले पायो एफपीओ निष्कासन अनुमति

1.03K
shares

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले एफपीओ अनुमति पाएको छ । नेपाल धिताेपत्र बोर्डले आइतबार बैंकको ९२ लाख ५० हजार ४०६ कित्ता सेयरलाई प्रतिकित्ता १६९ रुपैयाँको दरले बिक्री गर्न अनुमति दिएको हो ।

यो बिक्रीबाट कुल १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको रकम प्राप्त हुनेछ । उक्त सेयर बिक्रीको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ ।हिमालयनले गत माघ २८ गते एफपीओका लागि बोर्डमा आवेदन दिएको थियो । बोर्डले असार ८ गते आवश्यक प्रतिक्रिया पठाएपछि हिमालयले १६ गते यसको जवाफ पठाएको थियो । जवाफको ५ दिनमा बोर्डले एफपीओ अनुमति दिएको हो ।

हिमालयनले केयर रेटिङको बीबीबी (आईएस) रेटिङ पाएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports