एमाले जनसङ्गठन पदाधिकारीको भेला आज
वि.सं.२०८२ असार २६ बिहीवार ०७:१५
shares

काठमाडौँ । नेकपा एमालेले आगामी भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीका लागि जनसङ्गठनको भेला बोलाएको छ ।
संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार अहिले बिहान साढे ७ बजे देखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेला बोलाइएको हो । भेलामा सबै २३ वटै जनसङ्गठनका इन्चार्ज र अध्यक्ष सहित सबै पदाधिकारीहरू सहभागी हुनेछन् ।
ढकालले जनाए अनुसार भदौको २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीका लागि जनसङ्गठनको कामको प्रकृति अनुसार विविध जिम्मेवारी प्रदान गरिनेछ । भेलालाई महासचिव शङ्कर पोखरेलले विशेष निर्देशन गर्ने छन्।




































