२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

परराष्ट्र मन्त्रालयले भन्यो प्रधानमन्त्री ओलीको स्पेन भ्रमणको गलत प्रचार भएको छ

975
shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे गलत प्रचार भइरहेको बताएको छ ।

स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्त’ सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले प्रधानमन्त्री ओली सहभागी स्पेनको कार्यक्रम बाहना बनाएर गएकाहरू नफर्किएको बताएकी थिइन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै नभई विभिन्न कार्यक्रमको बाहनामा नेपालीलाई प्रलोभनमा पारेर विदेश लैजाने गिरोहसँग जोडिएको विषय भएको जिकिर गरेकी थिइन् ।

संसद्मा यस विषयमा कुरा उठेपछ मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक र आधारहीन यस्ता सामग्रीमा विश्वास नगर्न र गलत प्रचारप्रति सजग रहन अनुरोध गरेको छ । ३० जुनदेखि ४ जुलाईसम्म सम्पन्न उक्त सम्मेलनमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको र सो प्रतिनिधिमण्डलका सबै सदस्यहरू स्वदेश फर्किसक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports