सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फ्रान्सको नोट्र डेममा आगलागी, एक शताब्दी लगाएर बनाइएको क्याथेड्रल ८ घण्टामा ध्वस्त

416
shares

फ्रान्स भ्रमण गर्ने पर्यटकको सुचीमा दुई ठाउँ सधैं हुन्थे – आइफिल टावर र नोट्र डेम क्याथेड्रल । सन् ११६० मा निर्माण सुरु भएर १२६० मा सम्पन्न भएको ८०० वर्ष पूराना नोट्र डेम युनेस्कोको विश्व सम्पदा सूचिमा पनि सूचिकृत थियो ।

सोमबार साँझ स्थानिय समयानुसार ६ः४५ मा लागेको आगो समयमै नियन्त्रण गर्न नसक्दा ‘आवर लेडी अफ पेरिस’ को नामले पनि चिनिने नोट्र डेम खरानीमा परिणत भएको छ । क्रिश्चियन धर्मको निकै महत्वपूर्ण प्रतिकको रुपमा स्थापित सो क्याथोलिक क्याथेड्रलमा लागेको आगो निभाउन ४०० अग्निनियन्त्रकलाई झण्डै ८ घण्टा लागेको थियो ।

आगो निभाउने क्रममा एक अग्नि नियन्त्रक घाइते भएको बताइएको छ । आफ्नो ऐतिहासिक सम्पदा आगोमा जलेर खरानी भएको हजारौं पेरिसवासीले लामबद्ध भएर हेरेका थिए । धार्मिक आस्थाको समेत केन्द्र रहेको क्याथेड्रल ध्वस्त भएको हेर्ने सबैको आँखामा आँसु आएका थिए । आगलागिको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

नोट्र डेम फ्रान्सको गोथिक आर्किटेक्चरको अनुपम नमुनामात्र नभएर मध्यकालिन फ्रान्सको वैभवको पनि प्रतिक थियो । फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोनले नोट्र डेमको पूनर्निर्माणलाई सरकारले अभियानका रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मेक्रोनले देशवासीका नाममा सम्बोधन गर्न लागेका बेला आगलागि सुरु भएपछि उनी सम्बोधनको कार्यक्रम स्थगित गरेर घटनास्थलमा पुगेको थिए ।

राष्ट्रपति मेक्रोनले क्याथेड्रल पुनर्निमाणमा सरकारलाई सहयोग गर्न फ्रान्समा तथा विश्वभर छरिएर रहेका फ्रेन्च नागरिकसमक्ष सहयोगको अपिल पनि गरेका छन् । गुचि, बुसेरोन, ब्राओनीलगायतका विश्वविख्यात ब्राण्डको उत्पादक अन्तर्राष्ट्रिय लक्जरी ग्रुप केरिङका सिइओले ११३ मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

नोट्र डेम आगलागीपछि विश्वका अधिकांश देशका प्रमुखले फ्रान्स तथा फ्रेन्च नागरिकलाई समवेदना दिँदै हौसला उच्च राख्न आग्रह गरेका छन् । जर्मन चान्स्लर एन्जेला मर्केलले नोट्र डेम फ्रान्सकोमात्र नभएर सिंगो युरोपको साँस्कृतिक सम्पदा रहेको बताएकी छन् । यस्तै, वेलायती प्रधानमन्त्री थेरेसा मेले फ्रान्सेली नागरिकप्रति समवेदना व्यक्त गर्दै मनोबल उच्च राख्न आग्रह गरेकी छन् ।

भ्याटिकन सिटीले नोट्र डेम विश्वभर रहेका इसाई धर्मावलम्बिको सौहार्दताको प्रतिक भएको बताउँदै आगलागीले दुःखी तथा भावविह्वल बनाएको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports