२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

1.9K
shares

निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको शनिबार निधन भएको छ।

शर्माकी साथीसमेत रहेकी पत्रकार अमृता लम्सालले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार नर्भिक अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो। उनी दिउँसो छाती दुख्यो भनेर उपचार गराउन गएकी थिइन्। साँझ उनलाई मृत घोषणा गरिएको थियो। लम्सालका अनुसार ‘कार्डियाक अरेस्ट’ का कारण उनको निधन भएको हो।

पूर्वपत्रकार समेत रहेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्।६२ वर्षीया शर्माका दुई छोरी छन्। उनको आइतबार अन्त्येष्टि गरिने पत्रकार लम्सालले जानकारी दिएकी छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports