अडियो आफ्नो अभीष्ट पूरा हुन नपाएपछि चरित्रहत्या गर्ने प्रयास : मन्त्री बलराम अधिकारी
वि.सं.२०८२ साउन १ बिहीवार १६:१२
shares

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडियो आफ्नो अभीष्ट पूरा हुन नपाएपछि चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् ।
‘मालपोत अधिकृत फिर्ता गर्न आएका थिए, मैले हुन्न भनेपछि यी कुरा बाहिर आएका हुन् । मालपोत अधिकृत पुसमै सरुवा हुनुभएको हो । अहिले उहाँले त्यहाँ बस्दिनँ, जान्छु पनि भन्नुभएको थिएन । त्यसैले सरुवा गर्ने कुरै थिएन, त्यो पूरा नभएपछि चरित्रहत्या गर्न खोजियो । उनले अडियोसँग सम्बन्धित मान्छे आफूसँग नजोडिएको भन्दै कहीँ कतै संलग्नता पाइए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताए ।





































