सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी रास्वपा प्रवेश

793
shares

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीलाई रास्वपा प्रवेश गरेका छन् ।

बिहीबार रास्वपा केन्द्रीय कार्यालयमा पार्टी प्रवक्ता मनीष झा लगायतका नेता कार्यकर्ताले पार्टीमा स्वागत गरिएको घोषणा गरेका हुन् ।स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् भने उनी पर्यटन क्षेत्रका पनि विज्ञ हुन् । उनले पर्यटन बोर्डको कार्यकाल सकिए लगत्तै पार्टीको सदस्यता लिएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनले आजबाट पार्टीको परिचयमा पनि रेग्मी जोडिएको जानकारी गराउँदै स्वागत गरे ।

अर्थ साइन्समा जापानबाट विद्यावारिधि गरेका छन् भने अमेरिकी विश्वविद्यालयमा पनि अध्ययन गरेका छन् । उनले भूगोल विषयको शिक्षकका रुपमा बुढानिलकण्ठ स्कूलमा अध्यापन गराएका थिए । रेग्मीले हिमालयन क्लाइमेट सेन्टरमा समेत काम गरेका छन् । पछिल्लो समय वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका रेग्मी आफ्नै ब्यापार व्यवसायमा संलग्न थिए ।

जियोग्राफी (भूगोल)का विज्ञ उनले त्रिभुवन विश्वविद्यालयमा पनि प्राध्यापन गरेका छन् । रेग्मी अटोमोबाइल, पर्यटन तथा होटल क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् । उनको काठमाडौंमा चारतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ भने जलविद्युत् आयोजनाहरू पनि सञ्चालन गर्छन् । रेग्मी हिमालय नर्थ फेस लुम्काका अध्यक्ष समेत हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports