जिल्ला कारागार सिराहामा कैदी बन्दीहरू बिच दोहोरो झडप, १३ जना घाइते
वि.सं.२०८२ साउन ४ आइतवार १८:०१
shares

सिराहा । जिल्ला कारागार सिराहामा आइतबार अपराह्न कैदी बन्दीहरूबिच दोहोरो झडप भएको छ। झडपमा १३ जना घाइते भएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
उनका अनुसार कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक सोधपुछ गरिरहेको छ। ‘घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ।उनले भने, ‘अवस्था सामान्य नै भन्ने छ। घटनाबारे प्रारम्भिक छानबिनका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक सहितको टोली कारागार पुगेको छ ।’
क्षमता भन्दा साढे तीन गुणा बढी कैदी बन्दी रहेको सिराहा कारागारमा अवैध कारोबार हुने गरेको आशङ्कामा जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सहितको सुरक्षा अधिकारीको टोलीले कैदी बन्दी बस्दै आएको हरेक कोठाको सर्च गरेको थियो। सर्च अपरेसनको भोलिपल्ट कारागारमा कैदी बन्दीबिच दोहोरो झडप भएको हो ।




































