अध्यक्ष ओली- पूर्वराष्ट्रपति भण्डारीको भेटवार्ता सकियो
वि.सं.२०८२ साउन ४ आइतवार १८:०३
shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीचको भेटवार्ता सकिएको छ ।
उनीहरू बीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो ।उक्त छलफल भर्खरै सकिएको हो ।उनीहरूबीच करिब २ घण्टा एक्लाएक्लै छलफल भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार, पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर छलफल भएको बुझिएको छ । यद्यपि, छलफलको विषय बाहिर आएको छैन । ओली-भण्डारी च्यासलबाट बाहिरिसकेका छन् ।




































