नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार शान्ति प्रक्रियासँग सम्बन्धित काम टुंग्याउने काममा : प्रधानमन्त्री ओली

1.2K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार द्वन्द्व पीडितसँग छलफलमै रहेको बताएका छन् ।

प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा सांसद मैना कार्कीले संक्रमणकालीन न्याय र द्वन्द्व पीडितको विषयमा जिज्ञासा राखेकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘द्वन्द्व पीडितसँग सरकार छलफलमै छ ।’

आफ्नो नेतृत्वमा सरकार बनेपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गर्ने गरी कानुन पारित भएको बताए । त्यसपछि आयोग गठन गरेका स्मरण गरे ।‘आयोगले काम थालिसकेका छन्,’ प्रधानमन्त्री ओलीले भने । सरकार शान्ति प्रक्रियासँग सम्बन्धित काम टुंग्याउने काममा रहेको पनि उनले दोहोर्‍याए । सरकार पीडितलाई न्यायदिने विषयमा गम्भीर रहेको पनि बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports