सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईको कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने चेतावनी

546
shares

काठमाडौं । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने चेतावनी दिएका छन् ।

बिहीबारदेखि सीमा क्षेत्रमा सुरु भएको झडप बढिरहँदा कार्यवाहक प्रधानमन्त्रीले बैंककमा पत्रकारहरुसँग बोल्दै यो समस्या थप बढ्न सक्ने बताए ।‘यदि अवस्था झन् चर्कियो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेसम्म यो झडपमै सीमित छ’, उनले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘यस्ता झडपले जनताको जीवन प्रभावित पारेको छ र सरकारले हाम्रो राष्ट्र र सर्वाभौमसत्ताको रक्षा गरेको छ ।’थाइ सेनाका अनुसार, कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले बिहीबार एक नागरिकको मृत्यु र ३ जना घाइते भएपछि हवाई आक्रमण गरिएको थियो । पछि थाइल्याण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको थियो ।

थाइल्याण्डका अनुसार, शुक्रबारसम्म कम्बोडियासँग सीमा जोडिएको क्षेत्रमा बसेका १ लाख ३८ हजारभन्दा बढी नागरिकलाई स्थानान्तरण गरिएको छ ।बिहीबार सुरू भएको द्वन्द्व शुक्रबार बिहान फेरि सुरू भएको थाई सेनाले जनाएको छ । थाई सेनाका अनुसार झडपहरू १२ ठाउँमा भएका छन्, जसले बिहीबार सुरू भएको द्वन्द्वलाई अझ व्यापक बनाएको बैंकक पोष्टले जनाएको छ ।क्याम्बोडियाले आफ्ना क्षतिको विवरण अझै सार्वजनिक गरेको छैन । तर ओदार मीन्चे प्रान्तका एक स्थानीय अधिकारीले रोयटर्सलाई बताएअनुसार एक सर्वसाधारणको मृत्यु भएको छ र पाँच जना घाइते भएका छन् । १ हजार ५ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।थाई सेनाले शुक्रबार बिहानैदेखि उबोन रात्चाथानी र सुरिन प्रान्तमा झडप भएको जनाएको छ । ‘क्याम्बोडियन सेनाले भारी हतियार, फिल्ड आर्टिलरी र बीएम–२१ रकेट प्रणाली प्रयोग गर्दै निरन्तर बमबारी गरिरहेको छ,’ सेनाले वक्तव्य जारी गर्दै भनेको छ ।

हाल थाइल्याण्डको सेनाले कम्बोडियाको सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको लामो इतिहास छ । यद्यपि, २०११ मा भएको झडपपछि दुवै देशबीच सम्बन्ध प्राय: स्थिर रहँदै आएको थियो ।२०२४ मे महिनामा भएको झडपपछि कम्बोडियाले चारवटा विवादित भूमिको निरूपणका लागि हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव राखेको थियो । तर थाइल्याण्डले यो मुद्दामा अदालतको क्षेत्राधिकार अस्वीकार गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports