सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेताहरुकै कारण लोकतन्त्र खतरामा, लोकतन्त्रको धज्जी उडाइयो ?

689
shares

 

कुनै पनि राजनीतिक दलमा लोकतान्त्रिक अभ्यास देखिएन ?
काठमाडा । विगत लामो समयदेखि नेपालका पुराना भनिएका र नयाँ खुलेका राजनीतिक दलहरुभित्र व्यापक अन्तर विरोध बढ्दै गएको छ । राजनीतिक दलका नेतृत्वहरु कुलिनतन्त्रमा भासिँदै गएको हुनाले दलहरुभित्र तिव्र विवाद उत्पन्न भएको छ । मुलुककै पुराना दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र समेत विवाद देखिएको छ ।
नेपाली कांग्रेसभित्र गुट उपगुट रहेको छन् भने गुट उपगुटकै कारणले गर्दा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी पनि एक हुन सकेको छैन । पार्टीभित्र संस्थापन पक्ष र संस्थापन इतर पक्ष भएका हुनाले हालै बागमती प्रदेशका मुख्यमन्त्रीलाई कांग्रेसको प्रदेशको संसदीय दलले दलको नेताबाट हटाएको छ । यसरी पुराना भनिएका दलहरु भित्र व्यापक विवाद उत्पन्न भएपछि पार्टी नेतृत्वले त्यसको समाधान गर्नुको बदला जसरी हुन्छ आफूलाई बलियो देखाउने रणनीति लिएको हुनाले नै सत्तामा रहेका दलहरुले जनताको चाहनानुसार काम गर्न सकेका छैनन ।
नेपाली कांग्रेसबाटै टिकट लिएर निर्वाचनमा जित हाँसिल गरेका व्यक्तिहरु समेत गुट उपगुटमा बाँडिएका र मन्त्री लगायत अन्य पदमा पनि गुट उपगुटकै नेतृत्व रहेको हुनाले त्यस्ता व्यक्तिहरुले पार्टीको हित भन्दा आ आफ्ना गुटको हित हेर्ने गरेका हुनाले सरकारमा सहभागि भएका व्यक्तिहरुले सन्तोषजनक काम गर्न सकेका छैनन् । प्रायः सबै राजनीतिक दलहरुमा कुलिनतन्त्र हावी भएको छ । पुराना दलहरुबाट नयाँ दलहरुले सिक्ने भएकाले गर्दा नयाँ भनिएका दलहरु समेत त्यही कुलिनतन्त्रमा रमाउन थालेका हुनाले नयाँ दलहरु पनि विवादको घेरामा पर्दै आएका छन् ।
लोकतन्त्र भनेको जनताको तन्त्र हो । लोक भनेको जनता हुन् । तर पछिल्लो समयमा राजनीतिक नेतृत्वकै कारण लोकतन्त्रको धज्जी उडाइएको छ । पटक पटक सत्ताको नेतृत्व गरिसकेका नेपाली कांग्रेस नेकपा एमाले र माओवादी केन्द्र भित्र पनि अहिले चरम विवाद उत्पन्न भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हुन सक्छ विश्वकै सबैभन्दा बढी पार्टीको नेतृत्वमा रहने व्यक्ति हुन् । तर दाहालले समेत आफ्नो पार्टीलाई लोकतान्त्रिक प्रक्रियाबाट अघि बढाउन सकेका छैनन् ।
दाहाल तीन पटक मुलुकको प्रधानमन्त्री भैसकेका व्यक्ति भएपनि उनमा समेत कुलिनतन्त्र देखिएको छ । दाहालको कार्यशैली विरुद्ध माओवादी केन्द्रभित्र व्यापक आवाज उठ्ने गरेको भएपनि त्यसलाई दवाउन दाहालले अनेक षड्यन्त्र गरिरहेका आरोप उनैको पार्टी नेताहरुले लगाउँदै आएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ५ पटक मुलुकको प्रधानमन्त्री भैसकेका छन् झनै अहिलेकै सत्ता समिकरण कामय रहेको खण्डमा २०८३ को असारमा उनी फेरी छैठौँ पटक प्रधानमन्त्री बन्नेछन् । नेकपा एमालेका अधयक्ष तथा प्रधानमन्त्री केपी ओली समेत ४ पटक प्रधानमन्त्री भइसकेका छन् । उनी अझै एक कार्यकाल पार्टी अध्यक्ष बन्ने रणनीतिमा लागेका छन् ।
नेकपा एमालेभित्र अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्ने खासै व्यक्ति नदेखिएपछि केही व्यक्तिहरुले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सारेर आउँदो महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनाउने रणनीति लिएका थिए । तर नेकपा एमालेको पोलिटव्यूरो, स्थायी कमिटी र केन्द्रीय समितिले समेत राष्ट्रपति भैसकेकी भण्डारीलाई पूर्व राष्ट्रपतिकै सम्मान दिएर राख्ने र पार्टीमा फर्किन नहुने निर्णय गरेपछि एमालेभित्र समेत मसिनो स्वरमा विरोधका स्वारहरु सुनिएका छन् ।
माओवादीभित्र पछिल्लो समयमा अध्यक्ष दाहालका विरुद्ध जनार्दन शर्मा लगायतका नेताहरुले विभिन्न आरोप लगाउँदै पार्टीलाई एक ढिक्का बनाएर सञ्चालन गर्नुको बदला अध्यक्षले नै गुटबन्दी गरेको आरोप लगाउँदै आएका छन् । नेकपा एमालेबाट विभिाजित गराएर बनाइएको एकीकृत समाजवादी पार्टी त पार्टीजस्तो समेत बन्न सकेको छैन ।
माधव नेपाल त्यस पार्टीको अध्यक्ष रहेका र उनी भ्रष्टाचार काण्डमा मुछिएका हुनाले नेतृत्वबाट हट्नुको बदला आफ्नो पार्टीलाई माओवादी केन्द्रसँग विलय गराउने रणनीतिमा लागेका छन् । स्मरण रहोस् दाहालले नै नेकपा एमालेलाई विभाजन गराउन महत्वपूर्ण भूमिका खेलेको थिए ।
नेपाली कांग्रेस र माओवादी केन्द्र सहितका सरकार रहेका बेला दल विभाजनसम्बन्धी ऐन खुकुलो बनाएर एकीकृत समाजवादी पार्टी बनाइएको थियो । यसरी दलहरु विभाजित हुँदै जानु र एउटै व्यक्तिले लामो समयसम्म पार्टी नेतत्वमा रहँदासमेत जनताको पक्षमा केही गर्न नसक्नुले जनतामा निराशा बढेको छ ।
संघीय संसदको चौथो ठुलो दल रास्वपाका सभाति सहकारी ठगी प्रकरणमा जेलमा रहेका छन् सो पार्टीभित्र पनि नेतृत्वको विवाद देखिएको छ भने पाचौँ ठुलो दल राप्रपाभित्र समेत विवाद उत्पन्न भएको छ । यसरी लोकतन्त्रका नाममा राजनीतिक दलहरुले जनतालाई ठग्दै व्यक्तिगत र पार्टीगत स्वार्थ पुरा गर्दै आएका हुनाले लोकतन्त्रकै ध्वज्जी उडाउने कार्यलाई बल पुगेको छ ।
के लोकतन्त्र भनेको नेतावादी तन्त्र हो ? लोकतन्त्रको नाममा केही व्यक्तिहरु मोटाउने र जनता पिडित हुने हो भने त्यस्तो लोकतन्त्रको आवश्यकता छैन । अहिलेको अवस्था हेर्दा नेतृत्वमा रहेकाहरु सच्चिन सक्ने अवस्था नभएकाले लोकतन्त्रकै ध्वज्जी उडेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports