गफ दिँदा जे बोले पनि हुन्छ : प्रचण्ड
वि.सं.२०८२ साउन २९ बिहीवार १८:२०
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् ।
संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको आरोप लगाए ।आफू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालेको र आफूले सदनमा बोलेको भन्दा फरक नरहेको उनले बताए ।
तर, हिजोमात्रै प्रधानमन्त्री ओलीले संसद्मै सम्बोधन गर्ने क्रममा टियूको अवस्थाबारे सँगै गएर अनुगमन गर्न प्रचण्डलाई आग्रह नै गरेका थिए ।सोही विषयमा जवाफ दिँदै प्रचण्डले भनेका छन्, ‘टियू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ । त्यो बेठिक छ ।’
प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ ।‘गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ,’ प्रचण्डले भने ।



































