सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वत: समाप्त : गृहमन्त्री रमेश लेखक

741
shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पारेका छन् ।

विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा बोल्दै उनले गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन् ।तर, सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताउँदै आएको छ ।गृहमन्त्री लेखकले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वत: समाप्त हुने बताए ।

‘यदी अर्को देशको नागरिकता नेपालीले लिन्छ भने नेपालको नागरिकता समाप्त हुन्छ,’ लेखकले बैठकमा भने, ‘पुन: लिन चाहन्छ भने अर्को देशको नागरिकता छोड्नुपर्छ । नेपालले दोहोरो नागरिकताको परिकल्पना नगरेको अवस्था विद्यमान छ ।’विदेशको नागरिकता लिइसकेको अवस्थामा नेपालको नागरिक बन्न चाहेको खण्डमा उक्त देशको सम्पूर्ण डकुमेन्ट छाड्नपर्ने उनले बताए ।‘यदी नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुन: नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेन्ट ल्याएर नेपालमा दर्ता गर्‍यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुन्छ,’ गृहमन्त्री लेखकले भने ।

दुवै देशको नागरिकता राख्न दिने हो भने संविधान संशोधन गर्दा पहल गर्नुपर्ने गृहमन्त्री लेखकले बताए ।‘जुन दिनदेखि छाडेर गएको थियो, त्यही नागरिकता प्राप्त गर्छ भनेर भनेको छ । दोहोरो नागरिकता हुँदैन,’ उनले भने ।बिहीबार नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो । छलफलमा उनले आमाले घोषणा गरेर मेरो सन्तान हो भनेको खण्डमा नागरिकता दिनुपर्ने प्रावधान राख्नुपर्ने विधेयकको उद्देश्य रहेको पनि बताए ।

‘आमाको नामबाट सरल रुपले नागरिकता पाओस् भन्ने मेरो उद्देश्य हो । यो विधेयकको उद्देश्य हो । आमाले घोषणा गरेर मेरो बालक हो भन्यो भने नागरिकता दिनुपर्छ,’ उनले भने, ‘आमाको नागरिकता हो भनेर जाँच्दा हुन्छ । आमाको नागरिकता ठिक छ, आमाले मेरो सन्तान हो भन्यो भने दिनुपर्छ । यसमा स्वघोषणा राखेर जाऔँ । बरु अरु केही कुरा राख्नुपर्छ की हामीले अनुमान नगरेको, प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको अवस्था पनि हुनसक्छ ।’गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिन प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको कुराहरू भए राख्न पनि सांसदहरूसँग माग गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports