kumari
stcnepal

१३.८० प्रतिशतले हिमालयन बैंकको मुनाफा बढ्यो, ईपीएस कति ?

१२ माघ, काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणका अनुसार दोस्रो त्रैमाससम्ममा आइपुग्दा हिमालयन बैंकको मुनाफा बढेको छ ।

जुन गत वर्षको तुलनामा मुनाफा १३।८० प्रतिशतले बढेर छ । दोस्रो त्रैमासमा बैंकले ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ मुनाफा गरेको छ । गत वर्षको यसैअवधिमा भने ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ८।९१ प्रतिशतले र ७।६६ प्रतिशतले बढेको छ ।

हाल यसको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ९.८५ प्रतिशतले वुद्धि हुँदै ७ अर्ब १५ करोड १२ लाख रुपैयाँ जम्मा भएको छ । पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ छ । यसको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ५ पैसा छ ।

footer