तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दशैँ – तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैन : यातायात मन्त्री दाहाल

975
shares

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यस वर्षको दसैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन्।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आइतबारको बैठकमा बोल्दै मन्त्री दाहालले इन्धनको मूल्यअनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यस वर्ष भाडा नबढाउने योजना रहेको बताए।

उनले चाडबाडको बेलामा भाडा नबढाउन यातायात व्यवसायीहरुलाई आग्रह गरेको पनि बताए। उनले यातायात व्यवसायीहरुसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको पनि बताए।

उनले भने, ‘यो वर्ष अहिलेसम्म हामीले एकपटक भाडा वृद्धि गर्‍यौँ। इन्धनको मूल्य घट्यो भने घटाउने र इन्धनको मूल्य बढ्यो भने बढाउने त्यसखालको प्रणाली हामीसँग छ। तर, यो वर्षको दसैँ र तिहारमा हाम्रो भाडा बढाउने योजना रहेको छैन। हामीले यातायात व्यवसायीहरुसँग पनि भनेका छौँ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports