तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हामी सबै संकटासन्न अवस्थामा छौँ : राष्ट्रपति रामचन्द्र पौडेल

650
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको नेपालको जैविक विविधता संकटमा रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा हिन्दूकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले नेपालसहित हिन्दुकूश हिमालय देशहरू संकटासन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताए ।‘हामी सबै संकटासन्न अवस्थामा छौँ । यसलाई सबैले मिलेर पार गर्नुछ,’ उनले भने, ‘जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब केवल वैज्ञानिक प्रतिवेदनमा सीमित नभई हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनेका छन् ।’

उनले थपे, ‘त्यसैले आजको यो बैठक हाम्रो साझा र दिगो भविष्यको रोडम्याप तयार गर्ने ऐतिहासिक अवसर हो । यो हिन्दूकुश हिमालय क्षेत्रको भूगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसर हो ।’नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको उनले बताए ।

‘हाम्रा यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याएको छ,’ उनले भने, ‘तर आज यो जीवनयापनको आधार संकटमा छ ।’राष्ट्रपति पौडेलले जैविक विविधता संरक्षणका लागि राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण र स्थानीय समुदायसँगको सहकार्य प्रशंसनीय रहेको बताए ।

‘जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावको बारेमा मैले विश्व मञ्चमा विश्व समुदायलाई ध्यानाकर्षण गर्दै आएको छु,’ उनले भने, ‘विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियससम्म सीमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिबद्धता पूरा गर्न सम्बन्धित पक्षहरूले आफ्नो आफ्नो ठाउँबाट योगदान पुर्‍याउनु आजको आवश्यकता हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports