तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा इन्काउन्टर गर्ने उद्देश्यले नै आफू माथि गोली चलाएको आरोप

533
shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा इन्काउन्टर गर्ने उद्देश्यले नै आफूमाथि गोली चलाएको आरोप लगाएका छन् । जेलबाट छुटेपछि सोमबार पहिलोपटक पत्रकार सम्मेलन गरेका प्रसाईंले सरकारमाथि यस्तो आरोप लगाएका हुन् ।

राज्यसत्ता आफ्नो आन्दोलनबाट आत्तिएकाले विभिन्न लान्छना लगाएको समेत उनले जिकिर गरे । ‘हाम्रो अभियानले आम नागरिकलाई सचेत गरायो । चैत १५ गते मार्छन् भन्ने हामी सबैलाई थाहा थियो । म तयारीसाथ गएको थिएँ । तीनकुने पुग्नु ४५ मिनेट अगाडि नै गोली चलेको थियो । मञ्चको पछाडिको घरबाट गोली मलाई चलाएको थियो । अघिल्लो दिन नै तलाई मार्छ भनेको थियो । राज्यसत्ता हामीसँग डरायो । जो नयाँ शक्ति आउँछ, राज्यसत्ता डराउँछ’, उनले भने, ‘धक्कामुक्का नगर्नोस् भन्दाभन्दै पनि गोली चलायो । मलाई इन्काउन्टर गर्ने आदेश रहेछ ।

प्रसाईंले आफ्नो पालो नआउने देखेर नै राजा वीरेन्द्र र एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मारिएको आरोप समेत लगाउन भ्याए ।यो देशमा मदन भण्डारी बाँचेको भए अरूको चान्स आउने थिएन । राजा वीरेन्द्रलाई मारेर हिन्दूराष्ट्र अस्तित्व जाने थिएन । यहाँ कसरी कुर्सी तान्ने, सत्ताको लुछाचुँडी गर्ने यी सबै खेल भइरहेको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports