आज सुनचाँदीको मूल्य बढ्यो
वि.सं.२०८२ भदौ २ सोमवार १४:३८
shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । आइतबार २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर २३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


































