सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

676
shares

काठमाडौं। काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह पार गरेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउने सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।पछिल्लो तीन घण्टामा झापा जिल्लास्थित शनिश्चरे वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको पनि महाशाखाले जानकारी दिएको छ ।

सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक बहाव बढ्नसक्ने चेतावनी समेत दिइएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नदेखि नै काठमाडौँ उपत्यकालगायत केही जिल्लामा भारी वर्षा भएको छ र उपत्यकामा अहिले राति ८ः०० बज्दा पनि वर्षा जारी छ ।पछिल्लो तीन घण्टामा काठमाडौँमा ३४ मिलिमिटर र छ घण्टामा ६१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी झापामा तीन घण्टामै ५४ मिलिमिटर वर्षा भएको छ । झापामा पछिल्लो छ घण्टामा १०३ मिलिमिटर वर्षा भएको छ ।नुवाकोटमा पछिल्लो तीन घण्टामा ४० दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।

सिन्धुपाल्चोक, सिन्धुली, गुल्मी, लमजुङ, धादिङ, बारालगायत जिल्लामा पनि मध्याम वर्षा भएको विभागले जनाएको छ ।महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम देशभर नै बदली रहेको जानकारी दिनुभयो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports