रूसी राष्ट्रपति पुटिनले प्रधानमन्त्री ओलीलाई दिए रूस भ्रमणको निम्तो
वि.सं.२०८२ भदौ १७ मंगलवार १६:१२
shares

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रूस भ्रमणको निम्तो दिएका छन् ।
चीनमा भएको एससीओ शिखर सम्मेलनको साइडलाइन भेटवार्ताका क्रममा पुटिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुस भ्रमणको निम्तो दिएका हुन् । भेटमा पुटिनले नेपाललाई पुरानो मित्र भन्दै शिक्षा, संस्कृति र मानवीय क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने प्रतिवद्धता जनाए ।प्रधानमन्त्री ओलीले समेत दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउन इच्छुक रहेको बताए ।
पुटिनले नेपाल–रुसबीच सन् १९५६ मा सुरु भएको कूटनीतिक सम्बन्ध आउँदो वर्ष ७० वर्ष पूरा हुने भएकाले विशेष महत्व बोकेको बताएका थिए । उनले नेपाली विद्यार्थीलाई थप शैक्षिक अवसर दिन र सांस्कृतिक आदानप्रदान विस्तार गर्ने आश्वासन पनि दिए ।ओलीले भने रुसमा अध्ययन गरेर फर्किएका नेपाली डाक्टर र प्राविधिकले नेपालमा पुर्याएको योगदान स्मरण गर्दै सम्बन्धलाई अझ सुदृढ बनाउन आग्रह गरे । रूसबाट नेपाली प्रधानमन्त्री वा राष्ट्र प्रमुखलाई भ्रमणको निम्तो आउनु दुर्लभ मानिन्छ ।






































