अफगानिस्तानमा फेरि भुकम्पको धक्का, निधन हुनेको संख्या १४११ भन्दा बढी
वि.सं.२०८२ भदौ १८ बुधवार ०७:३१
shares

अफगानिस्तानमा फेरि भूकम्प गएको छ।
सञ्चारमाध्यमका अनुसार मंगलबार दक्षिण-पूर्वी भागमा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।यसअघि आइतबार राति मात्र अफगानिस्तानको जलालाबादमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो।भूकम्पका कारण मृत्यु भएकाको संख्या अहिलेसम्म १४११ पुगेको छ भने घाइतेको संख्या ३२५० भन्दा बढी पुगेको छ।
समाचार एजेन्सी एपीका अनुसार आइतबार राति भूकम्प आउँदा अधिकांश मानिस सुतिरहेका थिए, जसका कारण उनीहरू भवनको भग्नावशेषमुनि पुरिए।अफगानिस्तानको तालिबान सरकारले विश्वभरबाट सहयोग मागेको छ।



































