सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन

819
shares

काठमाडौं । विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।

बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिए ।इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।कान्छी छोरीसहित उनी हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने तयारी छ ।

तामाङ कलाकार समाजको पूर्वअध्यक्ष समेत रहेकी उनले तामाङ गीत–संगीतलाई विश्वभर फैलाउन भूमिका खेलिन् । रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि उनले चर्चित नेपाली लोकदोहोरी गीतहरू पनि गाइन् ।नेपाली लोक, आधुनिक र तामाङ गीतमा आफ्नो विशिष्ट पहिचान बनाएकी थिइन्। उनको जन्म सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा भएको थियो। उनले तामाङ सेलो र अन्य लोकगीतहरूमार्फत तामाङ संस्कृतिको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।‘उहाँ आउनुभएपछि तामाङ गीत–संगीतमा गायिकको अभाव भएन । रेडियो नेपालमा भ्वाइस पास भएपछि उहाँले अन्य चर्चित नेपाली लोकदोहोरी गीत पनि गाउनुभयो’ अध्यक्ष तामाङले बताए ।

उनको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेलालगायत सदाबहार छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसकेकी छन् ।उनको उपचारका लागि तामाङ कलाकार संघ लगायतका संघसंस्थाले आर्थिक संकलन अभियान चलाइरहेका थिए । इन्दिरा हात्तीवनको अपार्टमेन्टमा कान्छी छोरीसहित बस्दै आएकी थिइन् । उनका दुई छोरी छन् भने श्रीमानको निधन भैसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports