तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित ,बैकको शाख बढ्दै

1.07K
shares

काठमाडौं । प्रभु बैंक लिमिटेड अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

अन्तर्राष्ट्रिय ख्याति प्राप्त संस्था युरोमनी लिमिटेडद्वारा सिङ्गापुरमा आयोजित युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५ अन्तर्गत प्रभु बैंकलाई ‘नेपाल्स बेस्ट डिजिटल बैंक फर एसएमईएस’को अवार्डबाट सम्मानित गरिएको हो ।सिङ्गापुरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित अन्य तीन महिला अधिकृतहरूले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए ।

यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ को सम्मान पाएको थियो ।युरोमनि एक्सिलेन्स अवार्डअन्तर्गत प्राप्त यस उपाधिले साना तथा मझौला उद्यम (एसएमईएस) लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको बैंकले जनाएको छ ।प्रभु बैंकले नवीन प्रविधिको प्रयोग गर्दै ग्राहक केन्द्रित डिजिटल समाधानहरू उपलब्ध गराइ देशभरका लघु तथा मझौला व्यवसायहरूलाई सरल, सुरक्षित र छरितो बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो केही वर्षयता बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श सेवा जस्ता अत्याधुनिक सेवाहरूको माध्यमबाट एसएमई बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ । यी सेवाहरूले साना तथा मझौला व्यवसायहरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा प्रभावकारी सहयोग पुर्‍याएका छन् ।प्रभु बैंकले आफ्नो सेवा रणनीतिमा एसएमईएसलाई विशेष प्राथमिकता दिँदै ग्राहकको आवश्यकताअनुसार अनुकूलित डिजिटल सेवा विकास तथा विस्तारमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ । यही प्रतिबद्धता र कार्यान्वयनले गर्दा बैंकले अन्तर्राष्ट्रिय समुदायबाट सम्मान प्राप्त गर्ने अवसर पाएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले यो उपलब्धि केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको बताए । डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायहरूलाई सशक्त बनाउने अभियानमा प्रभु बैंक अझ प्रभावकारी योजना ल्याउने प्रतिबद्धतासहित अघि बढ्ने उल्लेख गर्दै यसले थप जिम्मेवारीसहित साना तथा मझौला उद्यमीहरूलाई प्रेरित गर्ने हौसला प्रदान गरेको उनले बताए ।प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ विस्तार काउन्टर, २५६ एटिएममार्फत आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports