kumari
stcnepal

हरि खड्काविरुद्ध भ्रष्टाचार मुद्दा: नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोप

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक हरि खड्काविरुद्ध आरोप पत्र दायर गरिएको छ । उनी नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक पनि हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोप पत्र दायर गरेको छ ।

खड्काले पेश गरेको आई.ए.को प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली भएको पाइएको आयोगको भनाइ छ । सोही प्रमाणपत्रका आधारमा २०५५ सालमा प्रहरी सहायक निरीक्षक पदमा नियक्त भएका खड्का २०५९ मा प्रहरी नायव निरीक्षकमा बढुवा भएका थिए । खड्का महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समिति)मा कार्यरत थिए ।

नक्कली प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि खड्काविरुद्ध मुद्दा दायर गरिएको आयोगको ठहर छ ।

footer