kumari
stcnepal

राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक, कहाँ को विजयी ?

निर्वाचन आयोगले आज माघ १२ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ  ।  आयोगले आज नै मतगणना सम्पन्न गरि अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो  ।

महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १९ रिक्त पदमा ४३ जना चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार १८ स्थानमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्  । एक स्थानमा भने प्रतिपक्षि दल नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छन्  ।

यस निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहेका थिए । प्रदेशसभा सदस्यहरुको मतभार ४८ तथा स्थानीय तहका नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ रहेको छ ।

footer